सुदूर नेपाललाई विश्वसँग जोड्दै

अफगानिस्तानमा एकैदिन चार विस्फोट, १२ जनाको मृत्यु

फाइल फोटो
फाइल फोटो
२०७९ जेठ १२, १०:५५ खबर संवाददाता

काठमाण्डौँः  अफगानिस्तानमा बुधबार एक मिनिबस र मस्जिदमा भएको चार विस्फोटमा परी कम्तिमा १२ जनाको मृत्यु भएको छ।

समाचार एजेन्सी रोयटर्सका अनुसार मजार–ए–शरीफ इलाकामा एक मिनी बसमा तीन बम विस्फोट हुँदा कम्तिमा १० जनाको मृत्यु भएको हो। उक्त विस्फोटमा परी १५ जना घाइते भएका छन्।

बुधबार नै काबुलमा रहेको एक मस्जिदभित्र भएको बम विस्फोटमा कम्तिमा दुईजना मारिएका छन् भने १० जना घाइते भएका छन्।

समाचार एजेन्सी रोयटर्सका अनुसार मजार–ए–शरीफमा भएका विस्फोटको जिम्मेवारी चरमपन्थी संगठन इस्लामिक स्टेटले लिएको छ।

काबुलको आपतकालीन अस्पतालका अनुसार मस्जिदमा भएको विस्फोटमा परी कम्तिमा ५ जनाको मृत्यु र २२ जना घाइते भएको बीबीसीले खबर लेखेको छ। रोयटर्सका अनुसार मस्जिदभित्र पंखामा बम राखिएको थियो।
 

कमेन्ट लोड गर्नुस