रुस–युक्रेन युद्धका कारण हङ्गेरीमा सङ्कटकाल घोषणा
रुस र युक्रेनबीचको द्वन्द्वले असर पारेको भन्दै हङ्गेरीमा सङ्कटकाल घोषणा गरिएको छ। नवनिर्वाचित प्रधानमन्त्री भिक्टर अर्वानले सङ्कटकाल घोषणा गरेको हो।
उनले रुस र युक्रेनबीच युद्ध निरन्तर चलिरहेकाले त्यसको असर बढ्दै गएको र सङ्कटकाल घोषणा गर्नुपरेको बताए। नवनिर्वाचित प्रधानमन्त्री अर्वानले अस्ति मात्रै नयाँ सरकार गठन गरेको थियो।
हिजोदेखि लागू भएको सङ्कटकाल कार्यान्वयनका लागि राज्यका विभिन्न निकायहरू परिचालित भएका अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।
सङ्कटकाल कार्यान्वयनबाट मुख्य गरी आर्थिक सङ्कटसँगै बढ्दो अभाव र महङ्गी न्यूनीकरणका लागि सहयोग पुग्ने हङ्गेरी सरकारले जनाएको छ।