कञ्चनपुरको कृष्णपुरका नवनिर्वाचित जनप्रतिनिधिले गरे पदभार ग्रहण
धनगढीः कञ्चनपुरको कृष्णपुर नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिले पद तथा गोपनियताको सपथ लिएका छन्। बुधबार एक कार्यक्रमकाबीच नगरप्रमुख हेमराज ओझाले उपप्रमुख द्रोपती रानासहित वडाध्यक्षलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन्। सोही कार्यक्रममा जनप्रतिनिधिलाई निर्वाचन कार्यालयले प्रमाणपत्र समेत वितरण गरेको छ।
९ वडा रहेको कृष्णपुरमा वडानम्बर १ मा कांग्रेसका मोहनबहादुर बस्नेत, वडानम्बर २ मा माओवादी केन्द्रका अर्जुनसिह साउँद, वडानम्बर ३ मा माओवादीकै खेमराज चौधरी, वडानम्बर ४ मा माओवादीकै धर्मबहादुर सिंह, वडानम्बर ५ मा कांग्रेसका टेक पाण्डेय, वडानम्बर ६ मा माओवादीका बाबुराम चौधरी, वडानम्बर ७ मा एमालेका घुम्मन राना, वडानम्बर ८ मा कांग्रेसका दिनेश खड्का र वडानम्बर ९ मा कांग्रेसका कैलाश बहादुर बलायर वडाध्यक्षमा निर्वाचित भएका छन्।