इरानमा भवन भत्किँदा चारको मृत्यु, ८० फसे
तेहरान: दक्षिणपश्चिम इरानमा एउटा निर्माणाधीन भवन भत्किँदा कम्तीमा चार जनाको मृत्यु भएको छ भने करिब ८० जना भग्नावशेषमा फसेका छन्। "खुजेस्तान प्रान्तको राजधानी अबदानमा अवस्थित १० तले मेट्रोपोल भवनको केही भाग भत्किदा उक्त दुर्घटना भएको सरकारी राज्य टेलिभिजनले प्रसारण गरेको छ।
राष्ट्रिय उद्धार सेवाका प्रवक्ता मोजताबा खालेदीले जनाएअनुसार कम्तीमा "चार जनाको ज्यान गएको छ र अरु २१ जना घाइते भएका छन्।," रेड क्रिसेन्टको क्षेत्रीय शाखाका अनुसार भग्नावशेषमुनि कम्तीमा ८० जना मानिस फसेका छन्।
उक्त भवन अबदानको व्यस्त सडकमा अवस्थित छ जहाँ "व्यावसायिक, चिकित्सा र अन्य कार्यालय" भवनहरू सञ्चालित छन् । भवन भत्कनुको कारण बारे अनुसन्धान भइरहेको छ।