कञ्चनपुरको पुनर्वासका कुन वडामा कसले जिते ?
धनगढी: कञ्चनपुरको पुनर्वास नगरपालिकाको मत गणना सम्पन्न भएको छ। सोमबार निर्वाचन अधिकृतको कार्यालय पुनर्वासले अन्तिम मत परणाम सार्वजनिक गरेको हो।
सार्वजनिक मत परिणाम अनुसार नगर प्रमुखमा नेपाली काँग्रेसका तोयप्रसाद शर्मा १० हजार ६ मत प्राप्त गर्दै विजयी भए। उपप्रमुखमा पनि काँग्रेसकै भुलियाकुमारी राना ७३४५ मत प्राप्त गर्दै विजयी भइन्। ११ ओटा वडा रहेको पुनर्वासका अधिकांश वडाको अध्यक्षमा काँग्रेले जित हात पारेको छ। काँग्रेसले ४ वटा वडामा जित्दा नेकपा एमाले र माओवादी केन्द्रले २/२, एकीकृत समाजवादी र राप्रपाले १/१ र स्वतन्त्रले १ वडामा जित निकालेका छन्।
वडा नम्बर १ मा काँग्रेसको प्यानल नै विजयी भएको छ। काँग्रेसका वडा अध्यक्षका उम्मेदवार मोहनलाल राना ९४४ मत प्राप्त गर्दै प्यानलसहित विजयी भएका हुन्। त्यसैगरी वडा नम्बर ५ मा काँग्रेसकै पदमबहादुर रोकाया ७९२ मतसहित, वडा नम्बर ७ मा काँग्रेसका मुलचन्द्र राना ४१७ मत प्राप्त गर्दै प्यानलसहित र वडा नम्बर ११ मा काँग्रेसका तुलसी अर्याल ९२५ मत ल्याउँदै प्यानलसहित नै विजयी भए।
त्यस्तै एमालेबाट वडा नम्बर २ को अध्यक्षमा डम्मर थापा ८२८ मत प्राप्त गर्दै विजयी भए भने वडा नम्बर ६ मा मित्रसिंह लामा ९६२ मत प्राप्त गर्दै प्यानलसहित विजयी भएका छन्। वडा नम्बर ९ मा माओवादी केन्द्रका नरबहादुर विक १०६० मतका साथ प्यानलसहित र वडा नम्बर १० मा माओवादी केन्द्रकै सुकदेव राना ८४३ मत ल्याउँदै प्यानलसहितै निर्वाचित भए।
वडा नम्बर ३ मा समाजवादीका कृष्णबहादुर तामाङ ३९६ मत ल्याई प्यानलसहित विजयी भए। वडा नम्बर ४ मा राप्रपाका मनोज जैशी सापकोटा ४७५ मत प्राप्त गर्दै विजयी भए। वडा नम्बर ८ मा भने स्वतन्त्र उम्मेदवार राना श्रवण ८१८ मतसहित विजयी भए। उक्त वडामा सदस्य पदमा पनि सबै स्वतन्त्र उम्मेदवार नै विजयी भएका छन्।