धनगढीको हसनपुर–शिवनगर सडक खण्ड निर्माणको चर्चा चलेको ३० बर्षसम्ममा पनि अलपत्र
धनगढी उपमहानगरपालिकाको हसनपुर–शिवनगर सडकको निर्माणको चर्चा चलेको ३० बर्षसम्म पनि अलपत्र अवस्थामा रहेको छ । धनगढीकै पुरानो सडक मानिने हसनपुर–शिवनगर सडकको निर्माणको चर्चा लामो समयदेखि चल्दै आएपनि काम अघि नबढ्दा अलपत्र परेको हो । स्थानीयले सडक निर्माणका लागि पटक पटक सरोकारवाला निकायलाई गुर्हादा पनि वास्ता नगरेको स्थानीयले गुनासो गरेका छन्। सडकको नाली निर्माण समेत अधुरै छोडेको झण्डै ६ महिना बितिसकेको छ तर पूर्णता दिईएको छैन् । कालोपत्रेको काम पनि ठप्प छ। सडकमा परेका खाल्डाखुल्डीले आवातजावतमा सास्ती भएको छ।
धनगढी उपमहानगरपालिका भएकै समय झण्डै ३० वर्ष पहिलेदेखि निर्माणको चर्चा पाएको वडा नम्बर पाँचमा पर्ने हसनपुर शिवनगर सडक खण्ड निर्माणको अलपत्र परेको हो। अधिकांश विद्यालय र क्याम्पस आउन जान क्षेत्रमा पर्ने सो सडकमा नाली निर्माण गरेरै अधुरै छोडिएको स्थानीय वासिन्दा चन्द्रप्रसाद चौधरीले बताए । ३० वर्ष अघि धनगढी नगरपालिका भएकै बेला योजनामा परेको सडकको कालोपत्रेको काम पनि अलपत्र परेको छ । हालसम्म पनि ग्रावेल समेत नगरिदा सडकमा परेका खाल्डाखुल्डीले आवातजावतमा सास्ती हुने गरेको छ। सडकको नाली निर्माणमा समेत लापरवाही गरेको र मापदण्ड विपरित काम गरेको स्थानीय मुकेश खड्काले आरोप लगाए ।
धनगढी नगरपालिका हुँदाको वेला योजना परि काम सुरु गरिएको भएपनि उप–महानगरपालिका हुदा पनि सडकले पुर्णता भएको छैन । स्थानीयले सरोकारवाला निकायलई पटक–पटक गुहार्दा पनि कुनै निकायले ध्यान नदिएको भनाई स्थानीयको रहेको छ । सााने तिनो पानी पर्ने वित्तिकै पानी जम्ने र बाटो नै पत्ता लगाउन समस्या हुने गरेको छ । सडकमा रहेका कल्र्भट र होम पाईप पनि अलपत्र परेको सोही टोलका स्थानीय वासिन्दा रमेश कुमार नाथले बताए । धनगढीलाई स्मार्ट सिटी बनाउने सपना बुनिरहेको उप–महानगरपालिकाले नगरभित्रका साना सडकमा देखिएका समस्याहरु समाधान गर्नको लागि पनि कुनै गतिलो कदम चालेको देखिदैन । यसले गर्दा उपमहानगरपालिका वासिन्दाहरुमा जन प्रतिनिधि आएपछि विकासको मुल फुटेको अनुभुती हुन सकेको छैन् ।