जोर्डनका सेनाद्वारा सिरियासँगको सीमामा चार तस्कर मारिए
अम्मान: जोर्डनको सशस्त्र बलले आइतबार सिरियाबाट जोर्डनमा लागुऔषध तस्करी गर्न खोज्ने चारजना सन्दिग्ध व्यक्तिलाई मारेको छ। तस्करहरूलाई सशस्त्र समूहहरूको समर्थन रहेको सेनाले बताएको छ।
ती व्यक्तिबाट ठूलो मात्रामा लागुऔषध र एक राइफल बरामद गरिएको छ। सन् २०२२ को शुरुदेखि नै सेनाले घुसपैठ र तस्करीका शृङ्खलाबद्ध प्रयासहरूलाई विफल पारेको छ जसले लागुऔषधको प्रवेशलाई सीमित गर्न योगदान पुर्यानएको छ।