कञ्चनपुरको शुक्लाफाँटामा एमाले जित नजिक, कांग्रेस पछिपछि
धनगढीः कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा मतगणना कार्य अन्तिम चरणमा प्रवेश गरेको छ। निर्वाचन अधिकृतको कार्यालयका अनुसार अहिलेसम्मको मतगणनामा नेकपा एमालेले अग्रता कायमै गरेको छ।
एमालेबाट मेयरका उम्मेदवार रणबहादुर महराले ६ हजार ६७४ मतका साथ अग्रता कायम गरेका हुन्। यस्तै उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका चीन्तामणी भट्टले ६ हजार १७८ मत ल्याएका छन्। त्यस्तै नेकपा माओवादी केन्द्रका उम्मेदवारले ५ हजार ७३४ मत पाएका छन्।
उपमेयरमा भने नेपाली कांग्रेस अगाडी छ। नेपाली कांग्रेसबाट उम्मेदवार बनेकी कल्पना कुमारी जोशीले ६ हजार ४३० मत पाएर अग्रता गरिहेकी छन्। उनलाई नेकपा एमालेकी मोनिका कुमारी भण्डारीले ५ हजार १८३ मत ल्याएर पछ्याइरहेकी छन्।