बढ्यो सुनको मूल्य
काठमाडौँ: सुनचाँदी बजारमा साताको पहिलो कारोबार दिन आज छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार तोकिएको छ। अघिल्लो दिन प्रतितोला ९७ हजार ३०० मा कारोबार भएको पहेँलो धातु आज प्रतितोला ७०० ले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ५०० छ। यसको मूल्य अघिल्लो दिन प्रतितोला ९६ हजार ८०० थियो। आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला एक हजार २७० कायम रहेको महासङ्घले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८४६ डलर आसपास कारोबार भइरहेको छ।