सुदूर नेपाललाई विश्वसँग जोड्दै

अफगानिस्तानको बामियानमा पहिरोमा परी २ बालबालिकाको मृत्यु

२०७९ जेठ ७, ०८:५८ रासस

बामियान [अफगानिस्तान]: अफगानिस्तानको मध्य बामियान प्रान्तको वारस जिल्लाको एउटा गाउँमा शुक्रबार पहिरोमा परी दुई बालबालिकाको मृत्यु भएको प्रान्तीय प्रशासनका प्रवक्ता सबौर सिघानीले शनिबार बताएका छन्।

अधिकारीका अनुसार प्राकृतिक प्रकोप शुक्रबार दिउँसो वारस जिल्लाको कफ्तर खान गाउँमा आएको थियो।

उक्त दुर्घटनामा परी दुई दिदीबहिनीको घटनास्थलमै मृत्यु भएको थियो । द्वन्द्वग्रस्त देशमा एक हप्तामा  आएको  यो दोस्रो घटना हो। यसअघि सोमबार उत्तरी बदख्सान प्रान्तको शोलार ए पायन जिल्लामा पहिरोमा परी चार जनाको मृत्यु भएको थियो भने अन्य दुई जना घाइते भएका थिए।
 

कमेन्ट लोड गर्नुस