नेकपाले सुदूरपश्चिममा यसरी मनायो जनयुद्ध दिवस
नेपाल कम्युनिष्ट पार्टी नेकपाले सुदूरपश्चिममा पनि जनयुद्ध दिवस मनाएको छ। सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीमा नेकपाले श्रद्धाञ्जली कार्यक्रम गर्दै जनयुद्ध दिवस मनाएको हो। कार्यक्रममा जनआन्दोलन र जनयुद्धका शहिदहरुको तस्बिरमा प्रदेश मुख्यमन्त्री त्रिलोचन भट्ट, मन्त्री तथा अन्य नेताहरुले समेत माल्यापर्ण गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन्। नेकपाले जनयुद्ध सुरु भएको दिन फागुन १ गतेको सम्झनामा जनयुद्ध र जनआन्दोलनका शहीदको सम्मानमा पहिलोपटक औपचारिक कार्यक्रम गरेको हो।
२०७५ फाल्गुन १, ०६:१२
कमेन्ट लोड गर्नुस