कञ्चनपुरको पुनर्वास-४ को अध्यक्षमा राप्रपाका जैशी विजयी
२०७९ जेठ ७, १०:२८
धनगढी: कञ्चनपुरको पुनर्वास नगरपालिका–४ को वडा अध्यक्षमा राप्रपाका मनोज जैशी (सापकोटा) विजयी भएका छन्। उनी माओवादी–समाजवादीको गठबन्धन, एमाले र काँग्रेसका उम्मेदवारलाई पराजित गर्दै विजयी भएका हुन्।
जैशीले ४७५ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी नेकपा एमालेका खुसीराम पौडेलले ३५९ पाएका छन्। जम्मा मतदाता संख्या २४६७ रहेको वडामा १५७६ मत खसेको थियो।
कमेन्ट लोड गर्नुस