सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा नवनिर्वाचित जनप्रतिनिधिले लिए सपथ

२०७९ जेठ ६, ०३:०० खबर संवाददाता

धनगढीः स्थानीय तहको निर्वाचनमा निर्वाचित जनप्रतिनिधिहरुले सपथ ग्रहण गरेका छन्। शुक्रवार महेन्द्रनगरस्थित जिल्ला समन्वय समितिको भवनमा मुख्य निर्वाचन अधिकृत मदन धामीले पाँच पालिका प्रमुखलाई सपथ ग्रहण गराएका हुन्। 

दोधाराचादनी नगरपालिका, बेदकोट नगरपालिका, बेलौरी नगरपालिका, बेल्डाँडी गाउँपालिकाका,  र लालझाँडी गाउँपालिकाका जनप्रतिनिधिले सपथ ग्रहण गरेका हुन्। 
शुक्रबारदेखि ०७४ मा निर्वाचित जनप्रतिनिधिहरूको कार्यकाल सकिएको छ।
   

कमेन्ट लोड गर्नुस