सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछामको पञ्चदेवल विनायकमा काँग्रेस विजयी, मेयरमा अम्बिका चलाउने 

२०७९ जेठ ६, ०८:१९ खबर संवाददाता

धनगढी: अछामको पञ्चदेवल विनायक नगरपालिकाको मेयरमा नेपाली काँग्रेसकी अम्बिका चलाउने विजयी भएकी छिन्। काँग्रेस सुदूरपश्चिम सहमहामन्त्री समेत रहेकी चलाउने ३६५३ मत प्राप्त गर्दै मेयरमा विजयी भएकी हुन्।

उनी निवर्तमान नगर उपप्रमुख पनि हुन्। उनका निकटतम प्रतिद्धन्द्वी माओवादीका रामबहादुर बिकले ३१७२ मत प्राप्त गरे। एमालेका नन्दबहादुर कडायतले २६९७, एकीकृत समाजवादीका योगेन्द्रबहादुर विष्टले ६९२ र स्वतन्त्र उम्मेदवार टंक तिमिल्सैनाले १५४ मत प्राप्त गरे।

नगर उपप्रमुखमा पनि काँग्रेसकै हर्कबहादुर रावल ४१८८ मत ल्याउँदै विजयी भए। उनकी निकटतम प्रतिद्वन्द्वी माओवादीकी रीता रावलले २६१८ मत पाइन्। एमालेका राजु सञ्ज्यालले १००२ र समाजवादीकी कृष्णा जैसी न्यौपानेले ८७८ मत प्राप्त गरिन्। 

कमेन्ट लोड गर्नुस