सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु 

फाइल फोटो
फाइल फोटो
२०७९ जेठ ६, ०७:४९ खबर संवाददाता

धनगढी: कञ्चनपुरमा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार बिहीबार जिल्लाको भीमदत्त नगरपालिका-५ बनगाउँमा भीमदत्त-५ कै सुकासालका ३५ वर्षीय प्रेमराज अवस्थीले चलाएको म२प २७६ नम्बरको मोटरसाइकल र भीमदत्त-१० का ३८ वर्षीय वीरेन्द्र चन्दले चलाएको म२प ८०२४ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएका हुन्।

दुर्घटनामा गम्भीर घाइते भएका चन्दको महाकाली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले बताए। दुर्घटनामा अवस्थी पनि घाइते भएका बताइएको छ।  

कमेन्ट लोड गर्नुस