अछाममा रोकिएको मतदान भोलि हुने
२०७९ जेठ ५, ०५:१०
धनगढीः निर्वाचन आयोगले अछामको साफे बगर नगरपालिकामा भोलि पुनः मतदान हुने जनाएको छ। विभिन्न विवादका कारण रोकिएको मतदान भोलि हुने भएको हो।
नगरको १३ नम्बर वडास्थित बाब्लामा भोलि मतदान हुने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए। बाब्लामा एमाले र माओवादी केन्द्र, नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीका कार्यकर्ताबीच झडप भएपछि मतदान रोकिएको थियो।
कमेन्ट लोड गर्नुस