अछामको तुर्माखाँदमा एमाले विजयी
अछाम: अछामको तुर्माखाँद गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्। अध्यक्षमा डम्बरबहादुर बिसी ३ हजार ५२३ मत पाएर निर्वाचित भएका हुन्। उनका निकटतम् प्रतिद्वन्दी नेपाली कांग्रेसका कर्णबहादुर बुढाले ३ हजार ४९३ मत पाएका छन्।
उपाध्यक्षमा एमालेकै विमलाकुमारी शाही निर्वाचित भएकी छन्। उनले ३ हजार ५०१ मत पाएकी हुन्। उनका निकटतम् प्रतिद्वन्दी कांग्रेसकी अनुजाकुमारी सिंजापतीले ३ हजार ४५२ मत पाएकी छन्।