अछामको मेल्लेखमा माओवादी–काँग्रेस गठबन्धन विजयी
धनगढी: अछामको मेल्लेख गाउँपालिकामा माओवादी केन्द्र र नेपाली काँग्रेस गठबन्धनका उम्मेदवार विजयी भएका छन्। गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका ज्वाला साउद ५१४४ मत प्राप्त गर्दै विजयी भएका छन्।
उनका निकटतम प्रतिद्वन्द्वी एमालेका भीमबहादुर साउदले ४१८४ मत प्राप्त गरे। उपाध्यक्षमा काँग्रेसकै नृपबहादुर खड्का निर्वाचित भएका छन्। खड्काले ४४८४ मत प्राप्त गरे। उनका प्रतिद्वन्द्वी समाजवादीकी समिताकुमारी महरले ३८६८ मत प्राप्त गरिन्।
मेल्लेखमा एमाले–समाजवादी र काँग्रेस– माओवादीबीच गठबन्धन भएको थियो। ८ वडा रहेको मेल्लेखमा ३ वडा एमालेले, २ काँग्रेस, १/१ वडा माओवादी, समाजवादी र स्वतन्त्रले जितेका छन्।