बझाङको तलकोटमा एमाले विजयी
२०७९ जेठ ३, ०७:४५
धनगढी: बझाङको तलकोट गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ। गाउँपालिकाको अध्यक्षमा एमालेका कलकबहादुर रोकाया २७५९ मतसहित विजयी भएका छन्।
उनका निकतम प्रतिद्वन्द्वी एकीकृत समाजवादीका नारायणकुमार धामीले २२२९ मत पाए। उपाध्यक्षमा एमालेकी पार्वती कुँवर भण्डारी निर्वाचित भइन्। उनले २६२१ मत प्राप्त गरिन्। उनकी प्रतिस्पर्धी नेपाली काँग्रेसकी जयकुमारी ऐडी २३९२ मतसहित पराजित भइन्।
कमेन्ट लोड गर्नुस