डडेल्धुरामा कांग्रेस विपीले जित्यो अर्को वडा
डडेल्धुरा: डडेल्धुराको अमरगढी नगरपालिका–८ को वडाअध्यक्षमा नेपाली कांग्रेस विपीका नरबहादुर साँकी विजयी भएका छन्। उनले ३५० मत पाएका छन्। उनका निकटम प्रतिद्वन्दी नेपाली कांग्रेसका सुरेन्द्रबहादुर साँकीले ३१६ मत प्राप्त गरेका छन्।
योसहित जिल्लामा कांग्रेस विपी दोस्रो वडामा विजयी बनेको हो। यसअघि प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाको वडा गन्यापधुरा गाउँपालिका–१ रुवाखोलाको अध्यक्षमा काँग्रेस विपीका नरेश भण्डारी विजयी भएका थिए।
कांग्रेसबाट निष्कासित कर्ण मल्ल समूहले विपी कांग्रेसको करुवा चुनाव चिन्ह लिएर जिल्लामा कांग्रेससँगै प्रतिस्पर्धा गरिरहेको छ।