डडेल्धुराको आलिताल–६ मा फेरि बुढाले जिते
२०७९ जेठ १, ०२:५०
डडेल्धुराः डडेल्धुराको आलिताल–६ को वडाध्यक्षमा एमालेका कुम्भर बुढा पुनः विजयी भएका छन्। कांग्रेसका उम्मेवार रामबहादुर कुँवरलाई ११ मतले हराउँदै बुढा वडाध्यक्षमा निर्वाचित भएका हुन्।
बुढाले २२९ मत ल्याउँदा कुँवरले २ सय १८ मत पाए। यस्तै माओवादी केन्द्रका विष्णुबहदुर बिष्टले २ सय ४ मत प्राप्त गरे। २०७४ मा भएको स्थानीय तहमा पनि बुढा नै वडाध्यक्षमा विजयी भएका थिए।
कमेन्ट लोड गर्नुस