सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलाको अपीहिमाल ६ मा गठबन्धनबाट माओवादीका उम्मेदवार विजयी, अध्यक्षमा पनि अग्रता

२०७९ वैशाख ३१, १२:२९ खबर संवाददाता

धनगढीः दार्चुलाको अपीहिमाल गाउँपालिका ६ मा गठबन्धनका उम्मेदवार विजयी भएका छन्। गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका धर्मसिंह धामी ९९ मतान्तरले विजयी भएका हुन्। उनले ३४७ मत ल्याउँदा उनका प्रतिस्पर्धी एमालेका गगनसिंह धामीले २४८ मत ल्याएका थिए। यसअघि वडा नम्बर १ मा पनि गठबन्धनको तर्फबाट कांग्रेसका उम्मेदवार पोखरसिंह लोथ्याल विजयी भएका थिए।

गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका भगतसिंह ठेकरे बोहराले अग्रता बनाइरहेका छन्। उनलाई एमालेका उम्मेदवार उर्मिला बोहराले पच्छाइरहेकी छन्।

कमेन्ट लोड गर्नुस