तेस्रो वर्षगाँठमा फजुल खर्च नगरी प्रधानमन्त्री राहत कोषमा सहयोग
बझाङः बझाङको सुर्मा गाउँपालिका–२ का स्थानीय किसनबहादुर बोहरा र अनिता कडायत बोहराले आफ्नो तेस्रो वैवाहिक वर्षगाँठमा हुने फजुल खर्च कटौती गरी प्रधानमन्त्री राहत कोषमा रकम जम्मा गरेका छन्। बोहरा दम्पतिले दस हजार रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरेका हुन्।
वैवाहिक वर्षगाँठका अवसरमा गरिने अनावश्यक खर्चलाई विपद् प्रभावित नागरिकको सहयोगमा लगाउने उद्देश्यले उनीहरूले उक्त रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरेका हुन्।
व्यक्तिगत खुसीको अवसरलाई सामाजिक सेवासँग जोड्दै बोहरा दम्पतीले गरेको यो कार्यले ‘उत्सवमा फजुल खर्चभन्दा मानवीय सेवा ठूलो’ भन्ने सकारात्मक सन्देश दिएको छ।