डडेल्धुराको अमरगढीमा काँंग्रेसको अग्रता कायमै, पछ्याउँदै काँंग्रेस (बीपी)
धनगढी : प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुराको अमरगढी नगरपालिकामा नेपाली काँग्रेसले अग्रता कायमै राखेको छ। काँग्रेसलाई एमालेसंग तालमेल गरेको काँग्रेस (बीपी)ले पछ्याइरहेको छ।
७०५ मतगणना हुँदा काँग्रेसका उम्मेदवार डिल्ली जोशीले ३२० र नेपाली काँग्रेस (बीपी)का उम्मेदवार हरि भट्टले २८४ मत पाएका छन्। अन्य उम्मेदवारले भने १० मत पनि कटाउन सकेका छैनन्।
डडेलधुरामा कांग्रेसको महाधिवेशनसँगै विवाद सुरु भएको थियो। उक्त विवाद स्थानीय तह निर्वाचनमा झन् चर्किएपछि असन्तुष्ट समूह नेपाली काँग्रेस (बीपी)को चुनाव चिह्न करुवाबाट चुनाव लडेको थियो।