सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीको पुर्चौंडीमा विवाद, मतदान स्थगित 

२०७९ वैशाख ३०, ०३:३६ खबर संवाददाता

बैतडीः बैतडीको पुर्चौंडी नगरपालिका २ स्थित महेश्वर मावि न्वाघर केन्द्रमा मतदान स्थगित भएको छ। अर्कैको नामबाट मतदान भएको भन्दै विवाद भएपछि तत्कालका लागि मतदान स्थगित भएको पुर्चौंडी नगरपालिकाका निर्वाचन अधिकृत केवलीराम अधिकारीले जानकारी दिए। 

विवाद आएपछि अहिले सबै पक्ष छलफलमा जुटेका र छलफलपछि मतदान शुरु हुने उनले बताए। अर्काको नामबाट मतदान गर्ने व्यक्ति फरार रहेका बुझिएको छ। 
 

कमेन्ट लोड गर्नुस