सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा मतदान गर्न गएका वृद्धको मृत्यु 

२०७९ वैशाख ३०, ०८:४७ खबर संवाददाता

धनगढी: बैतडीमा मतदान गर्न गएका एक वृद्धको मृत्यु भएको छ। जिल्लाको दोगडाकेदार गाउँपालिका-३ कफल्डाका ८४ वर्षीय हरिसिंह भाटको मृत्यु भएको प्रहरीले बताएको छ। 

प्रहरी निरीक्षक दीपक विष्टका अनुसार भाट आज बिहान ८ बजे सनातन धर्म मावि खोचलेकमा मतदान गरेपछि फर्कने क्रममा मतदानस्थलबाहिर मुर्छा परेका थिए। उनको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। 

कमेन्ट लोड गर्नुस