फोर्सका दुई नयाँ ब्राण्डका गाडी सुदुरपश्चिमको बजारमा
फोर्स मोटरका दुई नयाँ ब्राण्डका गाडी सुदुरपश्चिमका बजारमा आएको छ । फोर्स कम्पनीले उत्पादन गरेको ट्राभलर सेभेन्टीन डी र थन्टिन डी विस फोर ब्राण्डका यात्रुवहाक गाडीको आज धनगढीमा लन्चिङ गरिएको छ । नयाँ आएका गाडीको फोर्स कम्पनीका लागि नेपालको आधिकारिक विक्रेता प्राईप अटो नेपालका प्रबन्ध निर्देशक केदार श्रेष्ठले उद्घाटन गरे । नयाँ ब्राण्डको बारेमा फोर्स मोटरका ईन्जिनियर तथा नेपाल पार्टसका प्रमुख माधव ईङगलेले प्रकाश पार्दै नेपाली सडक अनुसार तयार पारिएकोले आरामदायी यात्राका लागि उपयुक्त भएको बताए । फोर्स मोटरका लागि असिम सिंह ईन्टरप्राईजेट आधिकारिक विक्रेता रहेको छ ।