सुदूर नेपाललाई विश्वसँग जोड्दै

कांग्रेसलाई अत्यधिक बहुमतले विजयी गराउन सभापति देउवाको आग्रह

२०७९ वैशाख २७, ०६:०४ रासस

डडेल्धुरा : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसलाई अत्यधिक बहुमतले विजय गराउन आग्रह गरेका छन्। गृह गाउँपालिका गन्यापधुरा–२ बडालमा आयोजित चुनावी सभालाई सोमबार सम्बोधन गर्दै उनले भने, “यहीँ मेरो घर हो र गाउँ पनि हो। यस कारण यहाँको शैक्षिक विकास, प्राविधिक शिक्षालगायतका सबै क्षेत्रमा मैले विकास गर्नेछु।”

आफ्नो गाउँठाउँको विकास आफूले नै गर्ने भएकाले गन्यापधुरा गाउँपालिकामा नेपाली कांग्रेसबाट अध्यक्षका उम्मेदवारलाई जिताउन उनले आग्रह गरे। उनले भने, “पहिले म विद्यालय पढ्दा हिँडेर जान्थेँ। अहिले सबै ठाउँमा सडक पुगिसकेका छन्। कच्ची बाटा छन्। अब कालोपत्र गर्नु पर्नेछ। त्यो सबै मैले गर्ने हो।” भातकाँडा–रुवाखोला–बडाल–रेल सडकलाई कालोपत्र गर्ने उनले बताए। 
 

कमेन्ट लोड गर्नुस