ताइवानको तटीय क्षेत्रमा ६.३ म्याग्निच्युडको भूकम्प
२०७९ वैशाख २६, ०८:३३
ताइपेई: ताइवानको तटीय क्षेत्रमा सोमबार दिउँसो ६।३ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भौर्गभिक सर्वेक्षण संस्थाले जानकारी दिएको छ। राजधानी ताइपेईका भवनहरु र टापुभरि कम्पन महसूस गरिएको स्थानीय अधिकारीहरुले जानकारी दिएका छन्। यद्यपि क्षतिको तत्काल कुनै समाचार प्राप्त नभएको जनाइएको छ।
ताइवान र वरपरका क्षेत्रहरुमा नियमित रुपमा भूकम्पको चपेटामा पर्ने गरेको पाइन्छ।
कमेन्ट लोड गर्नुस