सुदूर नेपाललाई विश्वसँग जोड्दै

जेठ ५ गतेदेखि ‘धनगढी सुपर लिग’ हुने, यस्तो छ तयारी 

२०७९ वैशाख २२, ०१:४० खबर संवाददाता

धनगढीः कैलालीमा आगामी जेठ ५ गतेदेखि क्लब स्तरीय टी-२० क्रिकेट प्रतियोगिता धनगढी सुपर लिग हुने भएको छ। लिटल फ्लावर स्पोर्ट्स एण्ड इभेन्ट्स प्रालिले धनगढीमा उक्त प्रतियोगिता आयोजना गर्न लागेको हो। आयोजक लिटल फ्लावर स्पोर्ट्स एण्ड इभेन्ट्स प्रालिले बिहीबार धनगढीमा पत्रकार सम्मेलन गर्दै जेठ ५ गतेदेखि १३ गतेसम्म सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको खेल मैदानमा उक्त प्रतियोगिता संचालन हुने जानकारी दिएको छ।

आयोजकका अनुसार उक्त प्रतियोगितामा देशका विभिन्न ६ वटा क्लबहरु सहभागी हुनेछन्। सहभागीहरुमा बुङगल क्रिकेट स्वल बझाङ्ग, देउखुरी वारियर्स दाङ, धनगढी क्रिकेट एकेडेमी धनगढी कैलाली, महेन्द्रनगर क्रिकेट एकेडेमी महेन्द्रनगर कञ्चनपुर, लिटल फ्लावर क्रिकेट क्लब धनगढी कैलाली र कैलाली जिल्ला क्रिकेट क्लव धनगढी रहेका छन्। 

प्रतियोगिता टी ट्वान्टी फर्मेटमा सञ्चालन हुने बताइएको छ। यस्तै प्रतियोगितामा बिजेताले नगद २ लाख,उपविजेताले १ लाख नगद तथा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन। प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीले नगद १५ हजार, उत्कृष्ट बलर, ब्याट्सम्यान तथा उदीयमान खेलाडीले ७५००/७५०० (सात हजार पाँच सय) नगद पुरस्कारका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। प्रत्येक खेलको म्यान अफ द म्याचलाई नगद २ हजार पाँच सय, सबै ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ।

प्रतियोगिताको तयारी लगभग अन्तिम अवस्थामा पुगेको लिटल फ्लावर स्पोर्ट्स एण्ड इभेन्ट्स प्रालिका अध्यक्ष रामचन्द्र शाहीले बताए। 

कमेन्ट लोड गर्नुस