सुदूर नेपाललाई विश्वसँग जोड्दै

गोपीचन्द्र र राजपुरा च्याम्पियन

२०७९ वैशाख १७, ०६:१७ खबर संवाददाता

काठमाडौंः नेपाल एपिएफ क्लबका गोपीचन्द्र पार्की र नेपाल पुलिस क्लबकी राजपुरा पछाई तेस्रो संस्करणको वीर गणेशमान सिंह स्मृति १० के रोड रेसको च्याम्पियन बनेका छन्। शनिबार बिहान भएको स्पर्धामा गोपी पुरुषतर्फ तथा राजपुरा महिलामा च्याम्पियन बनेका हुन्। 

गोपीले निर्धारित १० किलोमिटर ३१ मिनेट ११.४ सेकेण्डमा पूरा गरे। दोस्रो भएका आर्मीका दीपक अधिकारीले ३१ मिनेट १५.२ सेकेण्डमा दुरी पुरा गरे। आर्मीकै राजन रोकायाले ३१ मिनेट २० सेकेण्डमा दुरी पार गर्दै तेस्रो भए। अनिष थापा मगर र गजेन्द्र राई चौथो र पाँचौ भए।

महिलातर्फ राजपुराले निर्धारित दुरी ३७ मिनेट १०.५ सेकेण्डमा पुरा गर्दै पहिलो हुन सफल भइन्। दोस्रो भएकी पुष्पा भण्डारीले ३८ मिनेट ४.३ सेकेण्ड तथा तेस्रो भएकी वृन्द्रा धनके श्रेष्ठले ४० मिनेट २८.९५ सेकेण्डमा दुरी पुरा गरिन्। कल्पना खड्का र सीमा चौधरी चौथो र पाँचौं भइन्।

१० किमि रोड रेसको विजेता गोपीचन्द्र र राजपुराले समान ६० हजार रुपैया र शिल्ड पाए। दोस्रो भएका दीपक र पुष्पाले ३० हजार, तेस्रो भएका राजन र वृन्द्रा धनके श्रेष्ठले १५ हजार र चौथो भएका अनिष र कल्पनाले १० हजार तथा पाँचौ भएका गजेन्द्र र सीमा चौधरीले जनही ५–५ हजार नगद पाए। नयाँ कीर्तिमान बनाएका गोपी र राजपुराले थप १०–१० हजार रुपैयाँ हात पारे। गोपीले आफ्नै नाममा रहेको तथा राजपुराले सन्तोषी श्रेष्ठको नाममा रहेको ३७ मिनेट ५३।४५ सेकन्डको कीर्तिमान तोडेकी हुन्।

कमेन्ट लोड गर्नुस