कैलारीमा शिविर सञ्चालन हुने
२०७९ वैशाख १४, ०४:११
धनगढीः कैलालीको कैलारी गाउँपालिकाको हसुलियामा मिरर अस्पतालको आयोजनामा हाइड्रोसिलको निःशुल्क शल्यक्रिया शिविर सञ्चालन हुने भएको छ। अस्पतालले यही वैशाख १७ गते (शनिबार) हसुलियामा शिविर सञ्चालन गर्ने जनाएको छ।
हाइड्रोसिलका बिरामीको संख्या गाउँ टोलमा बढीरहेकाले शिविर सञ्चालन गर्न लागिएको अस्पतालका अध्यक्ष अशोक शाहले जानकारी दिए। आर्थिक अभावका कारण समस्या भोगिरहेका बिरामीले शिविरबाट लाभ लिने उनले बताए।
कमेन्ट लोड गर्नुस