पाकिस्तानको कराँचीमा विस्फोट - चारको मृत्यु, कैयौँ घाइते
इस्लामावाद: पाकिस्तानको कराँचीमा भएको विस्फोटनमा परी कम्तीमा चार जनाको मृत्यु भएको छ। घटनामा परी अरु कैयौँ घाइते पनि भएको सरकारी अधिकारीहरूले मङ्गलबार पत्रकारहरूलाई जानकारी दिएका छन्।
कराँचीमा रहेको एउटा विश्वविद्यालयको छेउमा रहेको पार्किङमा विस्फोट भएको उनीहरूले जनाएका छन्। विस्फोटपछि सानो आगलागी भएको थियो। विस्फोटन कसले गराएको हो भन्ने बारेमा अहिलेसम्म स्पष्ट हुन नसकेको र खोजी तथा अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ। घटनामा परी घाइते भएकाहरूलाई स्थानीय विभिन्न अस्पतालमा लगेर उपचार गरिएको अधिकारीहरूले जनाएका छन्।