सुदूर नेपाललाई विश्वसँग जोड्दै

२० लाख अनुदान पाएपछि सुरु गरिएको केरा खेती र माछापालन अलपत्र

२०७५ माघ २४, १०:१७ रोशन भट्ट

धनगढी उप–महानगरपालिका वडा नम्बर ६ को जालीमा दुई वर्ष अगाडी संचालन गरिएको केराखेती र माछापालन अलपत्र परेको छ। सरकारको अनुदान पाएपछि सुरु गरिएको कृषि काम अलपत्र परेको हो। संचालन गरिएको २ वर्षसम्म पनि त्यहाँ उत्पादन भएर न त केरा बजारमा गएका छन न त माछा नै बजारमा गएका छन। संचालन समितिकै सक्रियता हुन नसक्दा फार्मे संचालन पनिपनि समस्या हुँदै आएको छ। माछापालनको लागि निर्माण गरिएका सबै पोखरीहरुमा पानी पनि हालिएको छैन भने भएको पोखरीको पानीमा पनि स्थानीय रजाई गर्दै आएका छन। 

धनगढी उप महानगरपालिकाको वडा नम्बर छ मा रहेको बसुदेवी माविको ३५ विगाहा जमिन भाडामा लिएर संचालन गरिएको खेतीबाट कुनै उपलब्धी हुन सकेको छैन। ५ जनाको समूहले २० लाख नेपाल सरकारको अनुदान लिएर थालेको केराखेती र माछा पालन उपलव्धी विहीन भएको छ। विद्यालयलाई वर्षिक १० लाख भाडा तिर्ने सम्झौतामा उक्त जमिन भाडामा लिईएको थियो। माछा पालनको लागि निर्माण गरिएको कतिपए पोखरीहरुमा पनि पानी हाल्न बाकी रहेको संचालन समिती मध्यका एक जना राजप्रसाद जोशीले बताए। स्वर्गद्धारी मल्टी एग्रोफर्म प्रालिको नामबाट २ वर्ष अगाडी संचालन गरिएको माछापालन र केराखेतिमा साविकको जिल्ला कृर्षि विकास कार्यालयले २० लाख रकम अनुदान दिएको थियो। आफ्सिजनामा पनि बजारमा माछा र केरा उपलब्ध गराउने उद्देश्यका साथ स्वर्गद्धारी मल्टी एग्रोफर्म प्राली संचालन गरिएको हो। 

माछा पालनको लागि जम्मा १३ ओटा पोखरी निर्माण गरिएका छन। १३ मध्य ८ पोखरीमा माछाका भूरा राखिएको छ भने वाकी ५ मा माछा राखिएको छ। वाकी जमिनमा केरा खेती गरिएको छ। २ वर्षको अवधीमा करिव ७ लाख बराबरका माछा बजारमा गएका छन भने केरा बजारमा जान सकेका छैनन। सुरुवातमा माछा पालनको लागि ११ लाख पिस भूरा र १३ कुईन्टल माछा पोखरीमा राखिएको थियो भने २३ हजार केराका विरुवा रोपिएको थियो। नेपाल सरकारको अनुदानबाट संचलनको गरिएको खेती अलपत्र परेको संचालन समितिलाई अरोप लाग्दै आएको छ। भाडामा लिईएको ३५ विगाहा मध्य ४ विगाहामा धान र गहुँ खेती पनि गरिएको छ। 

पोखरीमा रहेका माछा फाल्गुनबाट बजारमा जाने संचालक समितिले बताएको भएपनि केराको भने राम्रो उत्पादन नहुने देखिएको छ। माछाको पोखरीमा स्थानीयले नुहाउने, लुगाधुने गर्ने गरेका छन भने केराबारी छाडा पसुचौपाया पस्ने गरेका छन। असधकांस केराका विरुवाहरु पनि काम नलाग्ने भईसकेका छन भने भएकाहरुको पनि हेरचाहा राम्रो हुन सकेको छैन। उल्टै बारीमा तारबार नगरेकाले नसालु पदार्थ सेवनकर्ता सो क्षेत्रमा गएर सेवन गर्ने गरेको स्थानीयले बताएका छन। 

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस