सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरको बेलौरीमा एमाले नगर कमिटि सदस्यले दिए राजीनामा, स्वतन्त्रबाट वडाध्यक्षमा उम्मेदवारी

२०७९ वैशाख १३, ०७:३० खबर संवाददाता

धनगढी : कञ्चनपुरको बेलौरी नगरपालिका-९ मा टिकट वितरणप्रति असन्तुष्टी जनाउँदै नेकपा एमालेका युवा नेता बलदेव भट्टले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्। उनले पार्टीबाट राजीनामा दिँदै सोमबार वडा नम्बर ९ को अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन्।

उनी एमालेको नगर कमिटी सदस्य थिए। पार्टीले उचित मूल्याङ्कन गर्न नसकेको बताउँदै भट्टले जनभावनाविपरीत हैकमवादी र अवसरवादीलाई टिकट दिएकाले आफूले स्वतन्त्र उम्मेदवारी दिएको बताएका छन्। बेलौरी ९ मा वडा अध्यक्षको टिकट दीपकराज ओझाले पाएका छन्।  

कमेन्ट लोड गर्नुस