दार्चुलामा बसको ठक्करबाट बालकको मृत्यु, गाडी जलाइयो
धनगढीः दार्चुलामा बसको ठक्करबाट ६ वर्षीय बालकको मृत्यु भएको छ। जिल्लाको शैल्यशिखर नगरपालिका २ रौतेउडामा ना ५ ख १८०८ नम्बरको बसले ठक्कर दिदा बालकको मृत्यु भएको हो।
प्रहरीका अनुसार विद्यालयबाट फर्कने क्रममा स्थानीय महेश कपाडीका ६ वर्षीय छोरा अमृत कपाडीको घटनास्थलमै मृत्यु भएको हो।
उनको मृत्यु भएपछि स्थानीयले बस जलाएका छन्। चालक भने फरार रहेका छन्। घटनास्थलमा अहिले प्रहरी पुगेर थप अनुसन्धान भइरहेको बताइएको छ।