सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी–१७ मा कांग्रेस क्षेत्र नं. ५ द्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना, ३०६ जना लाभान्वित

२०८३ भदौ २०, ०५:१२ खबर संवाददाता

धनगढीः नेपाली कांग्रेस कैलाली क्षेत्र नं. ५ को आयोजनामा धनगढी उपमहानगरपालिका–१७ स्थित मिलनपुर शिविरमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।

शिविरमा स्थानीय ३०६ जनाको स्वास्थ्य परीक्षण गरिएको नेपाली कांग्रेस कैलाली क्षेत्र नं. ५ का प्रवक्ता प्रदीप पाठकले जानकारी दिए। स्वास्थ्य परीक्षणसँगै आवश्यक औषधिसमेत निःशुल्क वितरण गरिएको उनले बताए।

शिविरमा स्थानीय बासिन्दाको उत्साहजनक सहभागिता रहेको थियो। आर्थिक तथा अन्य कारणले नियमित स्वास्थ्य परीक्षण गराउन नसक्ने समुदायलाई लक्षित गर्दै शिविर आयोजना गरिएको आयोजकले जनाएको छ।

नेपाली कांग्रेस कैलाली क्षेत्र नं. ५ का सभापति भीम पडालले राजनीतिक दलले जनतालाई केवल मतदाताका रूपमा मात्र नहेरी उनीहरूको सुख–दुःखमा साथ दिँदै सामाजिक उत्तरदायित्व निर्वाह गर्नुपर्ने बताए।

नेपाली कांग्रेसले राजनीति सँगसँगै सामाजिक सेवाका क्षेत्रमा पनि निरन्तर काम गर्दै आएको र आगामी दिनमा समेत यस्ता कार्यक्रमलाई निरन्तरता दिने उनले बताए।

शिविर कैलाली अस्पताल प्रा.लि. तथा औषधि तथा बिक्री प्रतिनिधि संघको सहयोगमा आयोजना गरिएको हो। आयोजकका अनुसार स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका समुदायलाई लक्षित गरी आगामी दिनमा पनि यस्ता स्वास्थ्य तथा सामाजिक सेवा कार्यक्रम सञ्चालन गरिनेछ।

कमेन्ट लोड गर्नुस