दार्चुलामा मेयर बन्न साधुले पनि दर्ता गराए उम्मेदवारी
दार्चुला: दार्चुलामा एकजना साधुले मेयर पदमा उम्मेदवारी दिएका छन्। जिल्लाको शैल्यशिखर नगरपालिका–९ स्थित जगतपुरी मन्दिरको आश्रममा बस्दै आएका स्वामी रामानन्द सरस्वतीले शैल्यशिखर नगरपालिकाको मेयरमा उम्मेदवारी दर्ता गराएका हुन्।
उनले गोकुलेश्वर बहुमुखी क्याम्पसमा आफ्नो उम्मेदवारी मनोनयन दर्ता गराउदैँ शैल्यशिखर नगरपालिकामा भइरहेको भ्रष्टाचार अन्त्य गर्न आफ्नो उम्मेदवारी रहेको बताएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीमा आवद्द उनलाई पार्टीले शैल्यशिखर नगरपालिकाको प्रमुखको उम्मेदवारमा सिफारिस गरेको थियो।