डडेल्धुराको अमरगढीमा काँग्रेसले पुरानै अनुहारलाई दोहोर्याउने
डडेल्धुरा: डडेल्धुराको सदरमुकाम रहेको अमरगढी नगरपालिकामा नेपाली काँग्रेसले डिल्लीराज जोशीलाई मेयर र पार्वती झुकाललाई उपमेयरमा उठाउने भएको छ। यसअघि टिकट पाएको दाबी गर्ने मेयर पदका प्रत्यासरी तारक बुढाएरलाई अन्तिम समयमा बाइपास गरिएको छ।
गत निर्वाचनमा डिल्लीराज जोशी एमालेका विपीन ओझासँग पराजित भएका थिए। यस्तै पार्वती झुकाल पनि एमालेकै संगीता भण्डारीसँग हारेकी थिइन्। यसपालि पुनः टिकट पाएका दुवैले उम्मेदवारी दर्ता गरिसकेका छन्।
पछिल्लो समय नेपाली काँग्रेस डडेल्धुरामा तिव्र असन्तुष्टि बढेको छ। देउवाको नेतृत्वप्रति असन्तुष्ट कर्णबहादुर मल्ल पक्षले आजै नेपाली काँग्रेस विपीबाट सातै पालिकामा उमेदवारी दर्ता गराउँदै छ।