अछामको बान्नीगढीका अध्यक्ष र उपाध्यक्षले दिए राजीनामा
२०७९ वैशाख १२, ०७:४५
धनगढी : अछामको बान्नीगढी जयगढ गाउँपालिकाका अध्यक्ष राजेन्द्रबहादुर खड्का र उपाध्यक्ष लोकबहादुर साउदले राजीनामा दिएका छन्।
खड्काले फेरि अध्यक्षमै उम्मेदवारी दिन र साउदले पनि अध्यक्षमा उम्मेदवारी दिनका लागि राजीनामा दिएका हुन्। २०७४ सालको स्थानीय तहको निर्वाचनमा अध्यक्षमा कांग्रेसबाट खड्का र उपाध्यक्षमा माओवादीबाट साउद विजयी भएका थिए।
कमेन्ट लोड गर्नुस