सुदूर नेपाललाई विश्वसँग जोड्दै

कृषि उत्पादनलाई विषादीरहित बनाइने : कृषि मन्त्री चक्रपाणि खनाल

। फोटो स्रोत ।
२०७५ माघ २३, ०४:४५ खबर संवाददाता

कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणि खनाल बलदेवले कृषि उत्पादनमा विषादीरहित बनाउने प्रयास जारी रहेको बताएका छन। 
प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री खनालले नेपालमा उत्पादन हुने कृषि उत्पादनमा सामान्य विषादी देखिए पनि डरलाग्दो प्रयोग भने नरहेको बताए। सरकारले विषादीको मापदण्ड समेत तयार पारेर अघि बढेकाले प्रयोग भएको विषादी पनि बिस्तारै पूर्णतः बन्देज गर्दै लगिने बताए।  विषादीको वर्गिकरण गरेर रातो संकेत लगाइएको विषादी डरलाग्दो र निलो रंगको संकेत लगाइएको विषादी तुलनात्मक रुपमा सामान्य भनेर वर्गिकरण गरिएको मन्त्री खनालले बताए।   
 

कमेन्ट लोड गर्नुस