सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरकी एक किशोरी बेपत्ता 

२०७९ वैशाख १०, १०:११ खबर संवाददाता

धनगढी : कञ्चनपुरकी एक किशोरी बेपत्ता भएकी छिन्। जिल्लाको बेलडाँडी गाउँपालिका-३ बैबाहकी १९ वर्षीया मेलिना चौधरी बेपत्ता भएकी हुन्।

यही वैशाख ५ गते सोमबार मामाघर जान्छु भनी घरबाट हिँडेकी उनी सम्पर्कमा नआएको उनका बुवा कोकिलाल चौधरीले बताए। कोकिलालले प्रहरीमा पनि खोजि गरिदिन आग्रह गरेको बताए। इलाका प्रहरी कार्यालय बेलडाँडीका प्रहरी निरीक्षक दिपक पातलीले खोजी कार्य भइरहेको बताए। मेलिनालाई कहीँ कतै कसैले देखे ९८००६०३९४०, ९८४५३१७५९८ वा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरी सहयोग गरिदन अनुरोध गरिएको छ ।
 

कमेन्ट लोड गर्नुस