डब्ल्यूएचओका महानिर्देशकद्वारा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको अवलोकन
काठमाडौँ : विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)का महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयससले आज राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुको अवलोकन गरेका छन्। प्रयोगशालाका सूचना अधिकारी राजेश गुप्ताका अनुसार डब्ल्युएचओका महानिर्देशक टेड्रोसले जीन सिक्वेन्सिङ प्रयोगशालाको र पिसिआर मेसिनको अवलोकन गरेको बताए।
डब्लुएचओको सहयोगमा जीन सिक्वेन्सिङ प्रयोगशालाको स्थापना गरिएको थियो। जीन सिक्वेन्सिङ प्रयोगशालाको नेपालमा नै स्थापना गरेपछि कोरोना भाइरसको जीन सिक्वेन्सिङ गर्नका लागि विदेश पठाउनु पर्ने वाध्यता हटेको छ।यसअघि कोरोना भाइरसको जीन सिक्वेन्सिङ गर्नका लागि थाइल्याण्ड, हङकङ, भारतलगायत देशमा लैजानुपर्ने थियो।
उनले शुक्रबार नै टाइफाइड विरुद्धको खोप अभियानको ललितपुरस्थित पाटन माध्यमिक पुगेर अवलोकन गरे। उनी आज वैशाख १० गते फर्कने कार्यक्रम रहेको छ।