सुदूर नेपाललाई विश्वसँग जोड्दै

रूसी आक्रमणपश्चात दश लाख यूक्रेनी स्वदेश फर्केका कीभको दावी

२०७९ वैशाख ८, ०५:५१ रासस

रूसले फेब्रुअरीको अन्त्यमा यूक्रेनविरूद्ध सुरू गरेको आक्रमणपछि दश लाखभन्दा बढी युक्रेनीहरू आफ्नो देश फर्किएका कीभको सीमा सुरक्षा बलले बुधबार बताएको छ। 

यूक्रेनी सीमा सुरक्षा बलका प्रवक्ता लेसीमा आन्ड्री डेमचेन्कोले एक पत्रकार सम्मेलनमा भने, “त्यस समयदेखि हाम्रा ११ लाख नागरिकहरू स्वदेश प्रवेश गरेका छन्।” 

उनले भने, “मस्कोसित युद्ध सुरु भएदेखि नै झन्डै ५० लाख मानिसहरूले पूर्वी तथा पश्चिमी दुवै दिशाबाट गरी युक्रेनी सीमा पार गरेका छन्।” 

डेमचेन्कोले फर्कनेहरूमध्ये कति जनाल युद्धको कारण पहिला देश छोडेका थिए भन्ने कुरा भने उनले बताएका हुन्। 

अवैध रुपमा सीमा पार गर्न खोजेको आरोपमा दुई हजारभन्दा बढीलाई पक्राउ गरिएको पनि उनले बताए।  संयुक्त राष्ट्रसंघले बुधबार रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले आक्रमण सुरु गरेदेखि नै ५० लाखभन्दा बढी युक्रेनीहरू देशबाट भागेको बताएको छ। 

संयुक्त राष्ट्र शरणार्थी निकाय यूएनसीएचआरले रूसले यूक्रेनमा आक्रमण गरेको दिन फेब्रुअरी २४ देखि ५० लाख ३४ हजार ४९३ युक्रेनीहरू देशबाट बाहिरिएको जनाएको छ। 

यूएनएचसीआरका उप प्रमुख केली टि क्लेमेन्ट्सले भने, “यस द्वन्द्वको आठ हप्तापछि हामी ५० लाख पुगेका छौं र क्षति र चोट ५० लाख मानिसका पीडा र वेदनाका कथाहरू सुनिरहेका वा गनिरहेका छौं।”

यो दोस्रो विश्वयुद्धपछिको यूरोपको सबैभन्दा द्रूत गतिमा बढ्दै गइरहेको शरणार्थी संकट हो। युद्धग्रस्त देशमा फर्कने मानिसहरूको न्यून तथ्याङ्कले गर्दा अधिकारीहरूले केही चेतावनीहरू दिएका छन्। 

कीभका मेयर भिटाली क्लिट्सचकोले यस महिनाको सुरुतिर भागेका शहरका बासिन्दाहरू अझै रूसले क्षेप्यास्त्र हमलाद्वारा राजधानीलाई लक्षित गरिरहेको कारण अहिलेसम्म घर फर्किने वा नफिर्किने भन्नेमा अन्योलमा नै रहेका छन्।
 

कमेन्ट लोड गर्नुस