बाजुरामा राष्ट्रिय वाणिज्य बैंकको एटीएम सेवा सुरु
धनगढी : राष्ट्रिय बाणिज्य बैंक बाजुरा शाखाले एटीएम सेवा सुरु गरेको छ। जिल्लाकै पहिलो बैंकको रुपमा स्थापित राष्ट्रिय वाणिज्य बैंकले अन्य बैंकहरु भन्दा धेरै पछि एटीएम सेवा सुरु गरेको हो।
बैंकले जिल्ला सदरमुकाम मार्तडीमा रहेको शाखामा एटीएम सेवा सुरु बैंकका बाजुरा शाखा प्रबन्धक टिकाराम बुढाले बताए। केही दिनमै बाजुराको कोल्टीमा रहेको शाखामा पनि एटीएम सेवा सुरु गरिने उनले बताए।