बैङ्किङ कसुर मुद्दामा फरार डडेल्धुराका एक जना पक्राउ
२०८३ असोज २१, १०:१६
डडेल्धुराः बैङ्किङ कसुर मुद्दामा फरार डडेल्धुराका एक जना पक्राउ परेका छन्।
जिल्ला अदालत डडेल्धुराको फैसलाले बैङ्किङ कसुर मुद्दामा १ महिना कैद सजाय र ६ हजार जरिवाना तोकिएको अमरगढी नगरपालिका–४ खलङ्गा बस्ने ४७ वर्षीय पुष्कर सिंह ठगुन्ना पक्राउ परेका हुन्। ठगुन्नालाई जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरी टोलीले मंगलबार दिउँसो उनकै घर ठेगानाबाट पक्राउ गरेको जनाएको छ।
कमेन्ट लोड गर्नुस