सुदूर नेपाललाई विश्वसँग जोड्दै

१६ हजार बढी बालबालिकालाई टाइफाइडविरुद्धको खोप

२०७९ वैशाख ६, ०६:११ रासस

रुकुम (पूर्व) : रुकुम (पूर्व) मा १६ हजार बढी बालबालिकाले टाइफाइड विरुद्धको खोप लगाएका छन्। देशव्यापी रूपमा चलिरहेको खोप अभियानअन्तर्गत जिल्लाका १६ हजार ५९८ बालबालिकाले टाइफाइड विरुद्धको खोप लगाएको स्वास्थ्य कार्यालय रुकुम९पूर्व० ले जानकारी दिएको छ।

टाइफाइड विरुद्धको खोप लगाउने १५ महिनादेखि १५ वर्ष उमेर समूहका जिल्लाको लक्षित जनसङ्ख्या १७ हजार १७७ रहेको स्वास्थ्य कार्यालय रुकुम९पूर्व० का सूचना अधिकारी एवं ल्याब टेक्निसियन निरीक्षक निमप्रसाद गिरीले जानकारी दिए। जिल्लामा लक्षित जनसङ्ख्याको ९६।६३ प्रतिशत बालबालिकाले खोप लगाएको सूचना अधिकारी गिरीले बताए। उनका अनुसार जिल्लामा १५ देखि २३ महिनासम्मका ८६० बालबालिका र २ देखि १५ वर्ष उमेर समूहका १५ हजार ७३८ बालबालिकालाई खोप लगाइएको छ। 

पुथाउत्तरगङ्गा गाउँपालिकामा १५ महिनादेखि १५ वर्ष उमेर समूहका लक्षित बालबालिकाको सङ्ख्या पाँच हजार ५९१ रहेकोमा त्याहाँ १०० दशमलव ५७ प्रतिशत अर्थात् पाँच हजार ६२६ बालबालिकालाई खोप लगाइएको छ। पुथामा लक्षित जनसङ्ख्याभन्दा बढीलाई खोप लगाइएको सूचना अधिकारी गिरीले बताए। भूमे गाउँपालिकामा पाँच हजार १५८ लक्षित खोप लगाउने बालबालिकाको सङ्ख्या भएकामा त्यहाँ ९५।०२ प्रतिशत अर्थात् चार हजार ९०१ जनाले खोप लगाएको स्वास्थ्य कार्यालय रुकुम९पूर्व० ले जनाएको छ।

सिस्ने गाउँपालिकामा टाइफाइड विरुद्धको खोप लगाउने लक्षित बालबालिकाको सङ्ख्या छ हजार ४२८ थियो। यहाँ ९४ दशमलव ४९ प्रतिशत अर्थात छ हजार ७४ लाई खोप लगाएको सूचना अधिकारी गिरीले बताए। जिल्लामा गएको चैत्र २५ गतेबाट २९ गतेसम्म खोप अभिययान सञ्चालन गरिएको तर अभियानमा सबैलाई समेट्न नसक्दा अहिले पनि स्वास्थ्य संस्थाबाट छुटेकालाई खोप लगाइरहेको उनको भनाइ छ। रुकुम९पूर्व० मा २९६ खोप केन्द्रबाट १५ महिनालेखि १५ वर्षसम्मका बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाइएको हो।

कमेन्ट लोड गर्नुस