धनगढीमा मेयरको उम्मेदवार बन्न काँग्रेसका ७ जनाको आवेदन
उपमेयरमा ५ जनाको दाबेदारी पेश
धनगढी : सुदूरपश्चिमको एक्लो उपमहानगरपालिका धनगढीको मेयर पदको उम्मेदवार बन्न कांग्रेसबाट सात जनाले आवेदन दिएका छन्। आइतबारसम्म कांग्रेसको धनगढी उपमहानगर समितिमा सात जनाले आवेदन दिएका हुन्।
नगर सचिव डण्डीराज सुवेदीले दिनेशखबरलाई दिएको जानकारीअनुसार मेयरको उम्मेदवार बन्नका लागि अहिलेका मेयर नृपबहादुर वड, काँग्रेसका महाधिवेशन प्रतिनीधि कृष्णबहादुर महरा, पूर्वजिल्ला सचिव पूर्ण कुँवर, महाधिवेशन प्रतिनिधि हरिश खड्का, नगर सभापति यज्ञराज उपाध्याय, नेतृ जाग्रिती बोगटी र लक्ष्मीदत्त भट्टले आवेदन दिएका हुन्।
उपमेयर पदमा पुष्पा भट्ट, सुनिता राना, प्रमिला लम्साल, डम्मरी महरा र निपा चोखालले दाबेदारी पेश गरेका नगर सचिव सुवेदीले बताए। धनगढी नगर समितिले नगर प्रमुख तथा उपप्रमुख हुन चाहनेलाई आवेदन दिन आग्रह गरेको थियो।