सुदूर नेपाललाई विश्वसँग जोड्दै

रिट बोकेर सर्वोच्च अदालत पुगे निलम्बित गभर्नर अधिकारी

२०७९ वैशाख ४, ०३:०३ खबर संवाददाता

काठमाडौँः नेपाल राष्ट्र बैंकका निलम्बित गभर्नर महाप्रसाद अधिकारी आफ्नो निलम्बनविरुद्ध रिट लिएर सर्वोच्च अदालत पुगेका छन्। सरकारले निलम्बन गरेपछि उक्त कारबाहीविरुद्ध रिट दायर गर्न उनी सर्वोच्च पुगेका हुन्। 
 
मन्त्रिपरिषदले गरेको निलम्बन फुकुवा गर्नुपर्ने मागसहित उनी सर्वोच्च गएका हुन्। सरकारले उनीमाथि सूचना चुहाएको आरोप लगाउँदै उनीविरुद्ध अनुसन्धान गर्न पूर्वन्यायाधीश पुरुषोत्तम भण्डारीको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो। सोसँगै अधिकारी निलम्बनमा परेका थिए।  

छानबिन समितिको प्रतिवेदनको आधारमा सरकारले गभर्नरलाई बर्खास्त गर्ने वा नगर्ने निर्णय हुनेछ। गभर्नर अधिकारीले भने छानबिन समितिविरुद्ध नै प्रश्न उठाएका छन्।

कमेन्ट लोड गर्नुस