सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको टिकापुरमा तस्करलाई पक्राउ गर्न हवाई फायर

२०७५ माघ २१, ०५:२० खबर संवाददाता

कैलालीको टिकापुरमा काठ तस्करलाई पक्राउ गर्न प्रहरीले हवाई फायर गरेको छ। जिल्लाको टिकापुर नगरपालिका वडा नम्वर १ को वनमा काठ तस्करलाई पक्राउ गर्न हवाई फायर गरेको हो। वनमा काठ तस्करी भईरहेको सूचनापछि ईलाका प्रहरी कार्यालय टिकापुरबाट गएको टोलीमाथि तस्करहरुको समूहले ढुङगामुढा प्रहार गरेको थियो।

प्रहरीमाथि  ढुङगामुढा प्रहार हुनथालेपछि प्रहरीले २ राउण्ड हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरिक्षक आभुषण तिमिल्सीनाले बताए। प्रहरीले २ वटा हाते आरा बदामद गर्दै तस्कहरुको समूह मध्ये जिल्लाको जानकी गाउँपालिकाका डिल्लीराज चौधरीलाई नियन्त्रणमा लिएको जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस